२ पुस २०८२, बुधबार | December 18, 2025

ए डिभिजन लिग : ब्रिगेड र एपीएफ तथा मनाङ र जावलाखेल भिड्दै



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज दुबै टिम सुरुआती खेलमा जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा तथा सनोज श्रेष्ठको प्रशिक्षणमा मैदान उत्रनेछ ।

पूर्वखेलाडी कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ टोपबहादुर विष्टको कप्तानीमा खेल्नेछ । दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ । जावलाखेल मनाङलाई हराउदै अप्रत्याशित नतिजा दिन चाहन्छ ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन् ।

शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो ।

‍यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी सातदोबाटोले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल