९ भदौ २०८३, मंगलबार | August 25, 2026

सर्वोच्चबाट दंगा प्रहरी हटे, बारको आन्दोलन जारी



काठमाडौ । केही दिनयता तैनाथ गरिँदै आएका दंगा प्रहरी सर्वोच्च अदालत परिसरबाट हटाइएका छन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध नेपाल बार एशोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।

एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाउँदै आएको थियो ।

नेपाल बारले भने प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै सोमबार पनि आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानून व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : २८ बजे

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल