१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सर्वोच्चबाट दंगा प्रहरी हटे, बारको आन्दोलन जारी



काठमाडौ । केही दिनयता तैनाथ गरिँदै आएका दंगा प्रहरी सर्वोच्च अदालत परिसरबाट हटाइएका छन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध नेपाल बार एशोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।

एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाउँदै आएको थियो ।

नेपाल बारले भने प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै सोमबार पनि आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानून व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : २८ बजे

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको