१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सभामुखले भने– बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ



काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बार एसोसिएनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आन्दोलनरत बारका प्रतिनिधिहरूले बुझाएको ज्ञापन प्रतिवेदन लिँदै उनले सोमबार यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बारले तीन साताभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीसले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेकोलगायत बारको आरोप छ ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्ने बताएका छन् । उनले भने, ‘तीनवटै अंगको ओज गरिमा कायम हुनुपर्छ । अहिले भइरहेको बहस नजिकबाट हेरेको छु ।’ उनले जारी बहसबाट निकै राम्रो निष्कर्ष निस्किने र सहज र स्वभमिविक निष्कर्ष निकाल्न सबै पक्ष गम्भीर हुनु पर्ने बताए ।

उनले समस्या किन गहिरिँदै गएको छ भन्नेमा चिन्ता पनि व्यक्त गरे ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ५९ बजे

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना