१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमाले दशौं महाधिवेशनका लागि मञ्च निर्माणमै ५० लाख



चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अत्याधुनिक मञ्च निर्माण गरिँदैछ । मञ्च निर्माणमा मात्रै ५० लाख रुपियाँ खर्च हुने भएको छ ।

मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने, “हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौँ । स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपियाँ खर्च हुँदै छ ।”

१२० फिट लम्बाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुने उनले जानकारी दिए । चारवटा खण्ड रहने मञ्चको मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरू बस्नेछन्। त्यसपछि दायाँ र बायाँ भागमा केन्द्रीय सदस्यहरू बस्नेछन ।

मञ्चको अगाडि रहेको भागमा कलाकारहरूले प्रस्तुति दिने छन् । कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकै पटक ७२ जना कलाकारको आर्केस्ट्रा ९धुन दिने उपकरण० बाट राष्ट्रिय गानको धुन बजाइने छ ।

मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ । आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : २४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम