२२ भदौ २०८३, सोमबार | September 8, 2026

एमाले दशौं महाधिवेशनका लागि मञ्च निर्माणमै ५० लाख



चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अत्याधुनिक मञ्च निर्माण गरिँदैछ । मञ्च निर्माणमा मात्रै ५० लाख रुपियाँ खर्च हुने भएको छ ।

मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने, “हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौँ । स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपियाँ खर्च हुँदै छ ।”

१२० फिट लम्बाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुने उनले जानकारी दिए । चारवटा खण्ड रहने मञ्चको मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरू बस्नेछन्। त्यसपछि दायाँ र बायाँ भागमा केन्द्रीय सदस्यहरू बस्नेछन ।

मञ्चको अगाडि रहेको भागमा कलाकारहरूले प्रस्तुति दिने छन् । कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकै पटक ७२ जना कलाकारको आर्केस्ट्रा ९धुन दिने उपकरण० बाट राष्ट्रिय गानको धुन बजाइने छ ।

मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ । आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार