७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रदेश २ मा एक्कासी चल्यो हुस्सु र शितलहर, जनजीवन कष्टकर



जनकपुरधाम । प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ ।

मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।

चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सप्ताहमै सुरू भएपछि सर्वसाधारणले यस वर्षको चिसो लाम्मो हुने अनुमान लगाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई