२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित



काठमाडौं । भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो । नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन् । २४ बल सामना गर्दा बर्माले कुनै बाउण्ड्री प्रहार गरिनन् ।

सीता राना मगरले १७ रन बनाइन् । सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान गरिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिईन् । यस्तै सोनम पाल्दोमले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् ।

टस हारेर बलिङ गरेको नेपालको लागि सीता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिन् । करुना भण्डारीले एक विकेट लिइन् ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२