१ कार्तिक २०८३, आइतबार | October 18, 2026

नेता टंकमणीको निधनमा शोक मनाउन माओवादी केन्द्रले प्रदेशभर ३ दिन आधा झण्डा झुकाउने



बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राम प्रसाद बन्जाडे टंकमणीको निधनप्रति विभिन्न क्षेत्रबाट शोक वक्तव्य सार्वजनिक गरिएको छ । सडक दुर्घटनामा मृत्यु भएका टंकमणीको निधनले राजनीति, समाज र रुपन्देहीले एउटा उज्वल नक्षत्र गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नेता टंकमणीको निधन प्रति शोक व्यक्त गर्दै माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिले ३ दिन शोक मनाउने घोषणा गरेको छ । लुम्बिनी प्रदेशका १२ वर्ट जिल्ला पार्टी कार्यालयहरुमा आधा झण्डा झुकाउने र प्रदेशका सबै पार्टी कार्यालयमा टंकमणीको फोटो सहित शोक पुस्तिका राख्ने माओवादीले निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज चक्रपाणी शर्मा बलदेव र सचिव जग प्रसाद शर्मा अपारले संयुक्त शोक वक्तव्य प्रकाशित गर्दै टंकमणीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाएका छन् । ‘शोकको यस घडिमा सिंगो पार्टी पंक्ति उहांको गौरवशाली इतिहासलाई पच्छाउदै अघि वढिरहने प्रण गर्दछ । सर्वहारा श्रमजिवि वर्गको मुक्तिको लागि उहांले उठाउनु भएको हसिया हथौडा अंकित लाल झण्डालाई झुक्न नदिई निरन्तर उचाईमा उठाईरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ वक्तव्यमा लेखिएको छ, -‘महान समाजवादी नेपाल निर्माण गर्ने उहांको सपना पुरा गर्ने संकल्प गर्दछौं । समग्र पार्टीपंक्तिलाई उहांको क्रान्तिकारी, जुझारु र संघर्षशिल जिवनबाट शिक्षा लिदै पार्टी र क्रान्तिको पक्षमा निरन्तर अघि वढिरहन अपिल गर्दछ ।’

त्यसैगरि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले पनि माओवादी नेता टंकमणीको निधन प्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्री केसीले आज शोव वक्तव्य प्रकाशित गर्दै टंकमणीले देश र जनताका लागि लामो योगदान गरेको बताएका छन् । उनले टंकमणीको योगदान पार्टी, क्रान्ति र परिवर्तनका लागि अविस्मरणिय रहेको उल्लेख गर्दै उनको योगदान भावि पुस्ताकालागि स्मरणयोग्य हुने बताएका छन् ।

नेता टंकमणीको मंगलवार राती बसको ठक्करबाट मृत्यु भएको थियो । २०३८ सालमा शान्ति मावि धारापानी अर्घाखांचीमा विद्यार्थी इकाई सदस्यबाट राजनिति शुरु गरेका टंकमणीले ने.क.पा. (चौ. म.) को पार्टी सदस्यता २०३९÷११÷१९ मा प्राप्त गरेका थिए । अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रीय महासचिव समेत भएका उनले २०४२ सालबाट पार्टीको पुर्णकालिन यात्रा प्रारम्भ गरेका थिए । उनी जनयुद्धको शुरुवात काल २०५३ सालमा गोर्खा जिल्लामा जौवारी प्रहरी चौकी कब्जा गर्ने क्रममा गम्भिर घाईते भएका कारण उनको श्रवण शक्तिमा समेत कमी आएको थियो । २०७२ सालमा पार्टीको पोलिटव्युरो सदस्य भई पार्टीको नेतृत्व गरेका उनले जनयुद्धको दौरानमा भूमिगत भई महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । वन्जाडे २०६४ मा अर्घाखाचीमा पार्टीको तर्फबाट संविधान सभाको उम्मेदवार समेत बनेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : २१ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा