१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा



काठमाडौंं । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १-१ गोल गरे ।

समूह ‘डी’ कै अर्को खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २-० ले पराजित गरेको छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए ।

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।

यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : २७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना