४ पुस २०८२, शुक्रबार | December 19, 2025

महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओली चितवन पुगे



चितवन । एमालेको १०औँ महाधिवेशनको उदघाटन हुने अघिल्लो दिन एमाले अध्यक्ष केपी ओली महाधिवेशन स्थल चितवल पुगेका छन् । महाधिवेशनमा सहभागी हुने क्रममा अध्यक्ष ओली शुक्रबार दिउँसो चितवन आइपुगेका हुन् ।

बुद्ध एयरको विमानबाट भरतपुर विमानस्थल उत्रिएका ओलीसँगै ओलीपत्नी राधिका शाक्य, एमाले नेताहरु सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता पनि बिहिबार नै चितवन पुगेका छन् । विमानस्थलमा अवतरण लगत्तै ओली महाधिवेशनको बन्दसत्र स्थल सौराहा तर्फ लागेको एमाले चितवनकाएक नेताले बताए । ओलीलाई सौराहामा नै बस्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । उदघाटनसत्रका लागि नारायणी किनारमा बन्दै गरेको मञ्च तथा अन्य निर्माणको काम ८० प्रतिशत सकिएको एमालेले जनाएको छ ।

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : १९ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित