६ पुस २०८२, आइतबार | December 21, 2025

जनगणनामा समेटिए राउटे, जनसंख्या घट्यो



दाङ । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ ।

राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो ।

नेपालको २०६८ को जनगणना अनुसार नेपालमा राउटेको संख्या ६ सय १८ रहे पनि ६ सय ५० जना राउटे रहेको हुनसक्ने अनुमान गरिएको तथ्यांक छ । मध्य तथा पश्चिम नेपालमा फिरन्ते जीवन बिताउने राउटेको संख्या एक सय ५० उल्लेख गरिएको छ ।

२०६८ को जनगणना र २०७८को प्रारम्भिक जनगणनालाई तुलना गर्दा पाँच जना राउटेको संख्या घटेको देखिन्छ । प्रारम्भिक जनगणना अनुसार पुरुष ६९ जना र महिला ७६ जना रहेका छन् । १ सय ४५ जनसंख्या र ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलिला राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको थियो । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका राउटे अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका-३ कारागाउँ नजिक बस्दै आइरहेका छन् ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्छ ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-११ वालुवासंग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा नम्बर १ घाटगाउँमा बसाइँ सरेको थियो ।

एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा नम्बर ३ को काँरागाउँमा बसाई सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ ।

सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवन शैली फेरिएको छ भने समुदायसँग पनि केही नजिक देखिएका छन् । राउटेको संख्यामा बालबालिकाहरू बढी रहेको उनले बताए । उनीहरूले परम्परागतरूपमा निर्माण गर्ने कोसीहरू समेत कम गर्न थालिएको पाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : ०५ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन