३१ आश्विन २०८३, शनिबार | October 18, 2026

देउवाले ओलीलाई बधाई दिँदै भने, ‘ओलीलगायत धेरै वामपन्थी साथीहरूसँगै जेलमा बसेका हौं’



चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले हिजो ओलीलगायत धेरै वामपन्थी साथीहरू सँगै जेलमा बसेको स्मरण गर्दै त्यस्तो सम्बन्ध भएकाले लोकतन्त्र संस्थागत गर्न एमालेलाई आग्रह गरे ।

‘सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ,’ प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो । तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए । बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ५६ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा