१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

महाधिवेशनमा एमाले अध्यक्ष ओली वाणी : कम्युनिष्ट नेताकाे सम्बाेधन कि भागवत पुराणको प्रवचन ?



बुटवल । केही नेपालीलाई एमाले कम्युनिष्ट पार्टी होकी भन्ने भ्रम बाँकी रहेको भए आज एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पारिदिएका छन् । विश्वमा धेरैले हँसिया हथौडा छाडिसकेकोतर्क गर्दै ओलीले विस्तारै हँसिया हँथौडा छाडेर धार्मिक झण्डा बोक्ने संकेत गरेका छन् । आफ्नै पार्टी एमाले महाधिवेशनमा उदघाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अमुर्त विकास, समृद्धि र राष्ट्रवादका कुरा गरेपनि ती लक्ष्यहरु प्राप्त गर्न हँसिया हथौडाको झण्डा बोकेर प्राप्त हुन नसक्ने र त्यसका लागि धार्मिक झण्डा बोक्नु पर्ने आवश्यकतालाई औंल्याएका छन् ।

सामान्यतया कम्युनिष्ट नाम जोडिएको पार्टीको महाधिवेशन भएका कारण कम्युनिष्ट पार्टीका अध्यक्ष भनिएका व्यक्तिबाट मुलुकमा रहेको वर्ग विश्लेषण, राजनीतिक, सामाजिक र सांस्कृतिक अन्तरविरोध, कम्युनिष्ट आन्दोलनको कार्यदिशा र अबको पार्टीको रणनीतिका विषयमा बोल्ने अपेक्षा वाम समर्थक नागरिकहरुको रहेको थियो । तर ओलीको भाषणमा न वर्ग विश्लेषण आयो न समाजवादको बाटोका कुरा आए । विकास र समृद्धिका कुरा आएपनि त्यसलाई प्राप्त गर्न पार्टीले चाल्ने बाटो कोरेनन् ओलीले । बरु आफु भए समृद्धि आफै आउने, आफैले समृद्धिको मुल फुटाएको, आफु बाहेक अन्य कोही पनि नेपालमा नेता नभएको तर्क प्रस्तुत गरे । सुर्य नारायणको कृपाले आफूमाथि वा आफ्नो पार्टी माथि कसैले आँखा लगाए सुर्य शक्ति धारण गरेको झण्डाको भालाले रोपेर विरोधिहरुलाई नष्ट गरिदिने उदघोष गरे ।

३ दशक मात्र पहिले धर्मलाई अफिम हो भन्दै जनै पोलेपछि मात्र कम्युनिष्ट पार्टीको सदस्य बन्न पाउने पार्टीका अध्यक्षले आज नारायणी किनारमा गरेको भाषण बाचन शिरोमणी नारायण पोखरेलको भन्दा कम रोचक थिएन । मठ मन्दिर होईन स्कुल बनाउ, धर्मलाई सम्मान गर तर आफु धर्मको भ्रममा नपर भन्दै जनतालाई द्वन्द्वात्मक भौतिकवादको नारा दिने त्यो गौरवशाली पार्टीको विरासत धानेको दाबी गर्ने अध्यक्षले आज पार्टीलाई चुनावमा जिताउनकै लागि मन्त्र जपे । गायत्री मन्त्र जपेर बैतरणी तर्ने सपना देखे ।

‘जग्गा कस्को जोत्नेको, घर कस्को पोत्नेको,’ ‘जस्को जोत उस्को पोत्,’ ‘दलाल नाकेरशाही पुँजीवाद मुर्दावाद’ जस्ता नारा सायद आफुलाई खाँटि कम्युनिष्ट भन्ने प्रचण्डहरुले तत्कालिन नेकपा मालेबाट सिकेका थिए होलान् । ‘सामान्तीलाई नमासे, फटाहालाई नकाटे आउन्न जनवाद, हाम्रो नेपालमा’… यो गीत झापामा गाउँदै हिँडेका धेरै कम्युनिष्ट नेताहरु अझै जिउँदै होलान् । ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा’ भन्ने गीत पार्टी कमिटीमा गाइने गरेको पनि धेरै दशक वितेको छैन । यस्ता विरासतबाट अगाडी बढेकाे पार्टीका अध्यक्ष ओलीको मुखारबिन्दबाट आाज भने देशभरीबाट आएका कम्युनिष्ट क्रान्तिकारी जनताहरुले मुक्त कण्ठले गायत्री मन्त्र सुनेर सबैले आ-आफ्नो कान पवित्र बनाए । ओलीले महाधिवेशनमा सूर्यसम्बन्धी गायत्री मन्त्र ‘ओम भूर्भस्व…’ जपे, अनि नेपालीमा पँडित्याँइको शैलीमा अथ्र्याउँदै व्याख्या गरे ।

महाधिवेशनमा ओली वचन यस्तो थियो । ‘हे सूर्य देवता ! तिमीले नै संसारलाई प्रकाशित गरेका छौ। दुनियाँलाई उज्यालो दिएका छौ। तिमीले दुनियाँलाई न्यानो बनाएका छौ। तिमीले दुनियाँलाई विभिन्न मौसमहरू, सिजनहरू दिएका छौ। तिमीले ऋतुहरू दिएका छौ। तिमीले यामहरू दिएका छौ। तिमीले सुक्खा बनाउछौ, गर्मी बनाउछौ, हिउँद बनाउछौ, बर्खा बनाउछौ। जाडो बनाउछौ, गर्मी बनाउछौ, सबै कुरा तिमीले गर्छौ। सृष्टि गर्छौ र दुनियाँलाई सृष्टिबाट पाल्छौ। हे सूर्य ! तिमीले हामीलाई अँध्यारोबाट उज्यालोतिर लैजाऊ। यही मन्त्रले भन्छ– ओम् भूर्भस्व।’

उनको प्रवचन रोकिएन, ‘त्यही मन्त्रले भन्ने सूर्य नेकपा एमालेको सूर्य चिह्न छ, नेकपा एमालेको सूर्य चिह्न, कसैलाई पनि बोक्न गाह्रो छैन। हामी भन्न सक्छौं– हे सूर्य ! दुनियाँलाई उज्यालो पारेका छौ, दुनियाँलाई ताप दिएका छौ, नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झन्डा भएका छौ।’

उनले सूर्यलाई पार्टीको चुनाव चिन्ह भन्दा भगवानको अवतारका रुपमा व्याख्या गरे । उनले सूर्य ‘भगवान्’को महिमागान गर्न महाभारतको कथा पनि सुनाए।

‘महाभारतको युद्धमा अर्जुनले तागत प्राप्त गर्नका लागि हनुमानको ध्वजा, हनुमानको झन्डा बनाएकाृ स्मरण गरे । कसैले वाण हान्यो भने हनुमानको झन्डा अगाडि सरेर रोक्थ्यो’, ओलीले भने, ‘नेकपा एमालेमाथि कसैले वाण चलाउँछ भने सूर्य अंकित झन्डाले रोक्नेछ ती वाणहरू। एमाले माथिका प्रहारहरूलाई रोक्नेछ, ।’ ओलीले एमालेमाथि आँखा लगाउनेलाई सूर्य अङ्कित झण्डाको भालाले रोपिदिने चेतावनी पनि दिए ।

ओलीले आफुले हँसिया हथौडा भन्दा बढी सूर्य चिह्नमा बढी जोड दिनुको कारण पनि खुलासा गरे । हँसिया, हथौडा अलिक अलमल अलमल पारिराखेको बताउँदै दुनियाँमा धेरैले हँसिया हथौडा छाडेको तर नेपालमा अझै त्यहि हँसिया हथौडा नछाडेको बताए । नेपालमा हँसिया हथौडा नछाडेको कारण आफुले नबुझेको पनि भन्न भ्याए । फेरि उनले माओवादीहरुतर्फ संकेत गर्दै हँसिया हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर तमासा गरेको पनि बताए ।

केहिबेर हँसिया हथौडा र कम्युनिष्टका कुरा निकालेका ओली त्यसमा धेरै बेर रोकिएनन् । उनले घुमाइफिराई धर्मकै कुरा निकाले । विश्वमा दुर्लभ सालिग्राम पाईने कालिगण्डकी नारायणीमा मिसिएको प्रसंग जोड्दै शालिग्राम नारायणी र ओलीको दाबीमा राम जन्मभूमि ओयोध्यापुरीमा मात्र पाईने चर्चा गरे ।

समग्रमा एमाले महाधिवेशनमा ओलीको भाषण कम्युनिष्ट पार्टीको अध्यक्षको भन्दा भागवत पुराणका महापण्डितको जस्तो भन्न सकिन्छ । कुनैबेला पार्टीको अन्तरविरोध चर्केको बेला दश बुँदेबाट एमालेमा अडिएका चितवनकै नेता सुरेन्द्र पाण्डेले ओलीलाई अयोध्यापुरीमा बनाइने राम मन्दिरको पुजारी बनाउने उदघोष गरेका थिए । पाण्डेको उदघोषलाई ओलीले पुरा गर्न सक्ने हैसियत आजको ओलीको भाषणले पुष्टी गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम