६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमालेको निर्वाचन प्रक्रिया आइतबार सारियो, ओलीले प्रस्ताव गरेको नाममा चित्त नबुझे उम्मेदवारी दिन पाइने



चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनको निर्वाचन तालिका पछाडी सरेको छ । निर्धारित समयभन्दा ५ घण्टा ढिला सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि पूर्व निर्धारित निर्वाचनको कार्यक्रम आइतबारका लागि सरेको हाे । निर्वाचन समितिले शनिबार साँझ ६ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

बन्द सत्र ढिला गरि सुरु भएका कारण निर्वाचन कार्यक्रम पछि सारिएको ओली निकटका नेताहरुले बताएपनि ओलीले नाम प्रस्ताव गर्ने र बन्द सत्रले ताली पड्काएर अनुमोदन गराउने योजना सफल हुने नदेखिएपछि कार्यक्रम पछि सारिएको एमालेका एक केन्द्रीय नेताले बताए । बन्दसत्रमा उपस्थित ओली पक्षका प्रतिनिधिहरुले पदाधिकारी र केन्द्रीय समितिको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने पक्षमा आवाज उठाएपछि उपाध्यक्ष भिम रावल लगायतले विरोध जनाएको ती नेताले बताए ।

रावलले विधानसम्मतरुपमा निर्वाचन कार्यक्रम अनुसार बन्दसत्र अगाडी बढाउनु पर्ने बताएका छन् । विपक्षीमा उम्मेदवारी नदिए स्वतः सर्वसम्मत हुने, तर उम्मेदवारी दिने प्रतिनिधिको अधिकारलाई नै रोक्न नहुने रावलले बताएका छन् ।

रावलले उम्मेदवारी दिने अडान कायम राखेपछि एमाले अध्यक्ष ओलीले आइतबार बिहान १० बजे सुरु हुने बन्दसत्रमा आफुले नाम प्रस्ताव गर्ने र त्यसमा चित्त नबुझे उम्मेदवारी दिने अधिकार नखोसिने बताए । ‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने रु मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : १९ बजे

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते

पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा