३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

सजिलो बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न



बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्थाले सहकारीको कार्यक्षत्र विस्तार गर्ने भएको छ ।

संस्थाको शनिबार सम्पन्न १३ औं वार्षिक साधारण सभाले बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको उक्त सहकारीको कार्यक्षेत्र बिस्तारगरी रुपन्देही बनाउने प्रस्ताव पारित गरेको हो ।

त्यसमा आवश्यक निर्णय लिनको लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । शेयर सदस्य बृद्धिको कार्यक्रमलाई यथावत राख्दै एकैप्रकृतिको मन मिल्ने सहकारीसंग मर्जरको प्रस्ताव पारित गरिएको छ । त्यस सम्वन्धि निर्णय लिनको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिईएको छ ।

साधारण सभाले बुटवल १७ मा रहेको संस्थाको जग्गाको क्षेत्रफल थोरै भएकोले त्यसलाई बिक्रि गरी उपयुक्त जग्गा खरिद गर्ने, शेयर सदस्यलाई सीपमुलक लगायतका तालिम सञ्चालन गर्ने, धितो कर्जाको रकम बढाउने, शेयर सदस्यको छोराछोरीको नाममा बालवचत गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामराज पोख्रेलले सञ्चालक समितिबाट कहिकतै कमिकमजोरी भए रचनात्मक सुझाव दिन आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारी सम्वन्धि नीति नियम तथा ऐन कानुनको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द मरासिनी, शेयर सदस्य बिक्रम खड्का, गणेशचन्द्र पोखरेल, गोमा ढुंगाना लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभामा अध्यक्ष रामराज पोख्रेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अनिलराज शाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक विनशलाल श्रेष्ठले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको छ । कार्यक्रम उपाध्यक्ष विश्ववन्धु विनयीको स्वागत र सचिव गुणनिधी खनालको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र