८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध बैकल्पिक शक्ति आवश्यक : डा. बाबुराम भट्टराई



बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध बैकल्पिक शक्तिको आवश्यकता रहेका बताएका छन् । पार्टीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुलुक अहिले प्रतिक्रान्तिको दिशामा अगाडी बढेकाले देशमा बैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् ।

डा. भट्टराईले नेपाली काँग्रेसले परिवर्तनको पक्षमा नेतृत्व गर्न सक्ने सम्भावना नरहेपनि प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध संघर्ष गर्न काँग्रेस सहितको गठबन्धन आवश्यक रहेको बताए । उनले परिवर्तनका एजेण्डाहरुमा २०।१९ परिवर्तन देखिएपनि राजनीतिक, सामाजिक र आर्थिक परिर्वतन हुन नसकेको उल्लेख गर्दै नेपालको कमजोर राजनीतिक अवस्थाको फाइदा उठाएर विदेशी शक्तिहरु खेल्न खोजेको बताए ।

मुलुक प्रतिगमन र प्रतिक्रान्तिको दिशामा अगाडी बढेको भन्दै डा. भट्टराईले त्यसका विरुद्ध माओवादी शक्ति, जसपा, एकीकृत समाजवादी सहितको बैकल्पिक शक्ति बनाउन सकिने स्पष्ट पारे । अधुरो क्रान्ति भएका कारण मुलुकमा प्रतिगमन र प्रतिक्रान्तिकारी शक्ति मौलाएको उनको भनाई छ । मुलुकमा आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्यौल छाएको उल्लेख गर्दै उनले राजनितिक शक्तिबिचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने बताए।

उनले साशकिय स्वरुपको कमजोरीका कारण दुई तिहाईको सरकार ढलेको उल्लेख गर्दै प्रत्येक्ष राष्ट्रपतिको व्यवस्था गरेर स्थायित्व र भ्रष्टाचारको नियन्त्रण गर्न सकिने बताए । उनले एमालेको चितवन महाधिवेशनलाई ४६ सालको पञ्च¥यालीको संज्ञा दिँदै विचारबाट स्खलित भएको एमालेले तामझाम र तडकभडक देखाएर जनतामा भ्रम सिर्जना गर्न खोजेको बताए ।

पत्रकारहरुको एक प्रश्नको जवाफ दिँदै डा भट्टराईले अहिलेको अवस्थामा प्रचण्डसँग अँगालो हाल्ने सम्भावना नरहेको उल्लेख गर्दै अग्रमनको पक्षमा माओवादी केन्द्र आए माओवादी र प्रचण्डसँग पनि एकता हुन सक्ने बताए ।

 

 

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ४१ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस