१३ असार २०८३, शनिबार | June 27, 2026

चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित



काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेको छ । आइतबार राति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ५०औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन् ।

बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा छ । युनाइटेड १८ अंक जोडेर आठौँ स्थानमा छ ।

आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १-१ गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए ।

आइतबार राति लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ अन्तरले हराउदा ब्रेन्टफोर्डले एभर्टनलाई १-० अन्तरले हरायो । जितसँगै सिटी दोस्रो २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सिटीभन्दा एक अंक कम लिभरपुल तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ५२ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को