९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले महाधिवेशन : अन्तिम नामावली सार्वजनिक, यी हुन् ओली लिष्टका बागी उम्मेदवार



चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

सोमबार राती १० बजेपछि नामावली सार्वजनिक गरिएको हो । नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव हुने भएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की अध्यक्षको ओलीको लिष्टमा बागी उम्मेदवार बनेका छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १र१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रयासमा ब्रेक लगाएका छन् । यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका छन् ।

नेतृत्वसहित पदाधिकारी चयनका लागि राति २ बजेपछि मतदान सुरु हुनेछ ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपसचिव भने सर्वसम्मत भएको छ । त्यसैगरी भुगोलमा केही प्रदेश, जनवर्गीय संगठन पनि सर्वसम्मत चयन भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ०२ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै