२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमालेको नेतृत्व चयन गर्न मतदान जारी, को-को छन् चुनावी मैदानमा ?



काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदान हाल जारी छ ।

नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव भैरहेको हो । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

केपी शर्मा ओलीलाई अध्यक्षमा रावलले चुनौति दिएका छन् भने ६ सिट रहेको उपाध्यक्षमा भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मैदानमा उत्रिएका छन् । भीम र टंकले दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेदवार छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १र१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष ओलीको प्रयासमा ब्रेक लगाएका छन् । यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ०४ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको