१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल



चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिता विपरीत नरहेको बताएका छन् ।

पार्टीको १० महाधिवेशन स्थल चितवनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरुले महाधिवेशन प्रतिनिधिहरुलाई पर्चा बाँडेका थिए । रावलले सो पर्चा वितरणलाई आचारसंहिताविरपरीत भएको आरोप लगाएका थिए ।

तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् ।

‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : १४ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२