५ पुस २०८२, शनिबार | December 20, 2025

रोटरीले क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्सन भ्यान खरिद गर्ने



बुटवल । रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ ।

रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत वर्ष २०२१-२२ का लागि चारवटा परियोजनाको काम अगाडि बढाएको हो । जसमा क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् ।

रोटरी क्लब अफ बुटवलको २९ औं चार्टर्ड नाइट कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिएको हो ।

जसअन्तर्गत रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एन्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रूपमा रहेको क्लबले जनाएको छ । “यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे दुई करोड लगानी हुँदैछ”, उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेष गरी महिलाहरूलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।

त्यसैगरी ब्लड कलेक्सन मोबाइल भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिब ६५ लाखको लागतमा भ्यान खरिदको प्रक्रिया अघि बढेको र अब छिटै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष उपाध्यायले बताए ।

मोबाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्सन गरेर निश्चित तापत्रममा राख्न सकिने व्यवस्थासमेत भएकोले निकै नै भरपर्दो हुने छ ।

रोटरीले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करिब ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानँ गर्ने उपाध्यायले बताए । यसका अतिरिक्त गरिब तथा विपन्न नागरिकको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम अगाडि बढाउने रोटरीको तयारी छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ५५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता