८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पार्टीभित्र शक्तिकेन्द्रित राजनीति बढेकोमा कांग्रेस नेता सिंहको असन्तुष्टि



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र शक्तिकेन्द्रित राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताएका हुन् ।

आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालको सिंहले बताए । पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिए । उनले भने ‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मुल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रित राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमिकमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्र्याटिक एक्सरसाइज त हुनुप¥यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुप¥यो । विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुप¥यो । संस्थागत रुपमा पार्टी चल्नुप¥यो ।’

नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको पनि बताए । राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पु¥याउन नसकिएको उनको भनाइ थियो ।

सिंहले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताए । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ३३ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ