२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा।प्र। ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले आज बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : २१ बजे

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक