७ कार्तिक २०८३, शनिबार | October 24, 2026

भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार उक्त शाखाको समुदघाट्न गरेका हुन् ।  उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताए ।

उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ४८ बजे

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका