२० मंसिर २०८२, शनिबार | December 6, 2025

अछामको विकासका लागि प्रतिबद्ध छु : मुख्यमन्त्री भट्ट



अछाम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अछामको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताए ।

यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिए । अछामका अधुरा विकास विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनले बताए ।

अर्को प्रसंगमा बोल्दै देशलाई समग्र रूपमा भएको परिवर्तनको श्रेय माओवादी केन्द्रको रहेको बताउँदै उनले माओवादीले गरेको दश बर्षे जनयुद्धकै कारण आफ्नो घरको नजिक जनताले सरकार पाएको दाबी गरे । परिवर्तनको मुख्य देन नै नेकपा माओवादी केन्द्रको रहेको उनले बताए ।

क्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशन भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वाँर विशिष्ट अतिथि रहेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : १६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय