१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अछामको विकासका लागि प्रतिबद्ध छु : मुख्यमन्त्री भट्ट



अछाम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अछामको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताए ।

यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिए । अछामका अधुरा विकास विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनले बताए ।

अर्को प्रसंगमा बोल्दै देशलाई समग्र रूपमा भएको परिवर्तनको श्रेय माओवादी केन्द्रको रहेको बताउँदै उनले माओवादीले गरेको दश बर्षे जनयुद्धकै कारण आफ्नो घरको नजिक जनताले सरकार पाएको दाबी गरे । परिवर्तनको मुख्य देन नै नेकपा माओवादी केन्द्रको रहेको उनले बताए ।

क्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशन भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वाँर विशिष्ट अतिथि रहेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : १६ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो