७ बैशाख २०८३, सोमबार | April 20, 2026

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित



काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८०० औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ ।

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।

योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन् । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा याे कीर्तिमानी बनाएका हुन् ।

खेलको १३ मिनेटमा आर्सनलका स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए । ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २-१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २-२ को अवस्थामा ल्याए ।

तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ४९ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका