१ पुस २०८२, मंगलबार | December 16, 2025

रियल मड्रिडको जित, बार्सिलोना पराजित



काठमाडौं । स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ ।

नोउ क्याम्पमा भएको खेलमा क्याटलान क्लब बार्सिलोना रियल बेटिससँग १-० ले स्तब्ध बन्यो । बेटिसका जुआनमीले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

पूर्वखेलाडी जाभी होर्नाण्डेजको प्रशिक्षणमा बार्सिलोनाको लिगमा पहिलो हार हो ।

अर्काे खेलमा रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २-० को सहज जित पायो । रियलको जितमा लुका जोभिक र भिनिसिउस जुनियरले समान १ गोल गरे ।

यस्तै ला लिगाकै अर्काे महारथी क्लब एथ्लेटिको मड्रिड आरसिडी मालोर्कासँग २-१ ले स्तब्ध बन्यो ।

घरेलु टोली एथ्लेटिकोको लागि म्याथिअस कुन्हाले गोल गर्दा विजयी टोलीका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले समान १ गोल गरे ।

जितसँगै रियल १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा छ । यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ ।

बार्सिलोना शीर्षस्थानको रियलसँग १६ अंकले पछि परिसकेको छ । यता, अर्काे पराजित टोली एथ्लेटिको १९ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज