२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

इन्डोनेसियामा ज्वालमुखी बिस्फोटः १ जनाको मृत्यु, दर्जनौं घाइते



जार्कार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।

ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फँसेका १० जनाको उद्दार भइरहेको छ ।

वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’

इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ४५ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले