२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

वीरगन्ज भन्सारबाट दुई गुणाले बढ्यो नेपालको निर्यात व्यापार



वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकोमा चालु आवको साउनदेखि कात्तिकसम्म ३९ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

विश्वस्तरमै कोरोनाको सङ्क्रमण घटदै गएपछि उद्योग व्यापारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायत वस्तु रहेको बताए ।

नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले २६ अर्ब रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले ४३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेकामा चालु आवमा २६ अर्ब ४४ करोड ८८ लाख बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख राजस्व सङ्कलन गर्न सफल भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : २२ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३