२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सूर्य नेपाल गल्फ प्रतियोगिता भोलिबाट



काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ ।

प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसोसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । २१ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार पाउने छन् ।

आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ । जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन् ।

आयोजकले यसबर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : १३ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा