१ कार्तिक २०८३, शनिबार | October 17, 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते अनिवार्य प्रतिनिधि हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनौट गर्दा अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकालाई अनिर्वाय चुन्नु पर्ने सुर्कुलर गरेको छ । पार्टीको स्थायी कमिटी बैठक पछि जारी गरिएको सर्कुलरमा प्रदेशबाट छनौट हुने ३० जना राष्ट्रिय सम्मेलनको प्रतिनिधिमा १ जना अपाङ्ता भएका र एक जना जनयुद्धमा घाइते भएका अनिवार्य हुनु पर्ने उल्लेख गरिएको छ ।

माओवादीले हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउने व्यवस्था गरेको छ । सर्कुलर अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ भने सम्मेलनमा सहभागी कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ ।

स्थायी कमिटीको बैठकले सम्मेलनलाई व्यवस्थित गराउन हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटी गठन गरेको छ भने विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् ।

गुरुङको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ३४ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ