१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते अनिवार्य प्रतिनिधि हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनौट गर्दा अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकालाई अनिर्वाय चुन्नु पर्ने सुर्कुलर गरेको छ । पार्टीको स्थायी कमिटी बैठक पछि जारी गरिएको सर्कुलरमा प्रदेशबाट छनौट हुने ३० जना राष्ट्रिय सम्मेलनको प्रतिनिधिमा १ जना अपाङ्ता भएका र एक जना जनयुद्धमा घाइते भएका अनिवार्य हुनु पर्ने उल्लेख गरिएको छ ।

माओवादीले हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउने व्यवस्था गरेको छ । सर्कुलर अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ भने सम्मेलनमा सहभागी कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ ।

स्थायी कमिटीको बैठकले सम्मेलनलाई व्यवस्थित गराउन हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटी गठन गरेको छ भने विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् ।

गुरुङको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ३४ बजे

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न

सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै (एसइई)