२२ असार २०८३, सोमबार | July 6, 2026

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज



काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ ।

यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन् । पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।

समितिको अर्को बैठक १७ मंसिरमा तय भएको थियो । तर, १७ गतेको बैठकमा पनि कोरम नपुग्ने भएपछि आजका लागि सारिएको थियो ।

११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।

समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुग्दै सुनुवाइ नै हुन सकेको छैन । संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ३६ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ