२५ भदौ २०८३, बिहिबार | September 11, 2026

पाठ्यपुस्तक छपाईमा जनक शिक्षाको एकलौटीप्रति निजी व्यवसायीको आपत्ती



काठमाडौं । सरकारले सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारीका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई मात्र जिम्मेवारी दिएको र केन्द्रसँग उक्त क्षमता नभएको भन्दै निजी मुद्रण व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

जनक शिक्षाले नीजि क्षेत्रलाई आफ्नै कार्यालय हातामा मेसिन स्थापना गरी पाठ्यपुस्तक छपाईको काम गर्न बोलपत्र प्रकाशित गरेपछि निजी व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले विरोध गरेको हो ।

‘सामूदायिक बिद्यालयहरुमा पठन पाठन हुने पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षाले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि नीजि मुद्रण संस्थालाई पाठ्यपुस्तक छपाई तथा तयारीको जिम्मेवारी दिन ठेक्काको आह्वान गरेको छ’ महासंघका विज्ञप्तीमा भनिएको छ, ‘कागज लगायतका मुद्रण लगायतका सम्वद्ध सामाग्रीहरु आफैले खरिद गरी प्रतिस्पर्धाको नाममा आफ्नै कार्यालय हाताभित्र नीजि क्षेत्रका केही मेसिनहरु राखि पाठ्यपुस्तक छपाई तथा तयारीको जिम्मेवारी दिनु पछाडि अनुचित मनासाय देखिन्छ ।’

महासंघका महासचिव युवराज श्रेष्ठद्धारा जारी विज्ञप्तीमा केही ब्यक्तिहरुको शंकुचित मानशिकता, लहड र अनुचित लाभको मनाशयले जवरजस्ती जनक शिक्षालाई आफ्नो क्षमता र हैसियत भन्दा बढिको जिम्मेवारी दिएको उल्लेख छ । यसबाट एकातर्फ बिद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने र अर्को तर्फ अरबौंको लगानीमा संचालित नीजि मुद्रण उद्योगहरु काम बिहिन बनिरहेको महासंघले जनाएको छ ।

महासंघले निजी स्तरबाट संचालित मुद्रण उद्योगहरुलाई सम्पूर्ण सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारी र बितरण गर्नका लागि जिम्मेवारी दिन सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

सरकारले भने ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (जिटुजी) मोडलमा बिना प्रतिस्पर्धा जनक शिक्षालाई सामूायिक विद्यालयको पुस्तक छपाईको जिम्मेवारी दिदै आएको छ । तर केन्द्रले समयमै पुस्तक छाप्न नसक्दा शैक्षिक शत्र सुरु हुदा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  २ : १७ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ