१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

गुरुराज हारेपछि शेखर कोईरालाले गरे क्षमायाचना



काठकाडौं । निर्वाचन परिणाममा युवा नेता गुरुराज घिमिरे पराजित भएपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले क्षमा मागेका छन् । प्रदेश १ को अधिवेशनमा संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका गुरुराज घिमिरे पराजित भएपछि आफुले मतदान नगरेकोप्रति क्षमा मागेका हुन् ।

शनिबार भएको प्रदेश अधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् । उनीहरुले मतदान नगरेकै कारण गुरुराज घिमिरे २ मतले प्रदेश सभापतिमा पराजित भएपछि कोइरालाले क्षमा मागेका हुन् ।

सोमबार टुवीट गर्दै नेता कोइरालाले काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय” रहेका कारण मतदान नगरेको समेत स्पष्टीकरण दिएका छन् । ‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय”कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : १७ बजे

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले