९ भदौ २०८३, मंगलबार | August 26, 2026

सभापतिका दाबेदार शेखर कोइराला नै विधानबारे बेखबर



विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रमुख दाबेदार मानिएका डा। शेखर कोइराला नै आफ्नै पार्टीको विधानबारे बेखबर छन् ।

प्रदेश अधिवेशनमा भोट नहालेपछि आफ्नै पक्षका उमेदवार गुरुराज घिमिरेले हार ब्यहोरेका छन् । शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताले प्रदेश अधिवेशनमा मतदानमा सहभागी भएनन् ।

उनीहरुले मतदान नगरेपछि दुई मत अन्तरले घिमिरले हार ब्यहोरे । भोट नहालेको भन्दै सामाजिक संजालमा विरोध भएपछि शेखरले सामाजिक संजालमै ‘भविष्यमा जटिलता आउने’ भन्दै मतदान सहभागी नभएको बताएका छन् । घिमिरे प्रदेश सभापति पदमा उद्धव थापासँग दुई मतले पराजित बनेका छन् । उनले मतगणनामा असन्तोष जाहेर गरेर पुनः गणनाको माग पनि गरेका छन् ।

पार्टी उपसभापति पदमा दाबी गरिरहेका आचार्यले पनि मतदानमा भाग लिएनन् । नेतृ सुजाता कोइरालाले पनि मतदान गरिनन् । उनीहरुले केन्द्रीय सदस्यले मतदान गर्न पाउनेरनपाउने कुराबारे ‘अन्योल रहेको’ दाबी गर्दै मत नहाली काठमाडौ फर्केका थिए । शेखर र आचार्यलाई बौद्धिक नेताका रुपमा समेत चिनिन्छ । तर पढेकाहरुले नै विधानलाई भने पढेका छैनन् भन्ने पुष्टि भएको छ । कांग्रेस विधानको १३औं नम्बरको १ ुखु मा भनिएको छ, ‘सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य’ हुने उल्लेख छ ।

प्रस्ट उल्लेख हुँदाहुँदै पनि उनीहरुले मतदानमा सहभागी भएपछि केन्द्रको चुनावमा असर पर्ने संस्थापन इतर समूहकै नेताहरु बताउँछन् । ‘शेखर राजनीतिमा आउनु भएको धेरै भएकै छैन,’ संस्थापन समूहका एक नेताले भने, ‘उहाँ हिजो अस्तीसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरेका रुपमा हुनुहुन्थ्यो । कोइराला परिवारको भन्दैमा नेतृत्व जिम्मा लगाइने हाल्ने कुरा हुँदैन ।’ ती नेताले भने, ‘मतदानको कुराले पनि उनलाई राजनितिमा आलोकाँचो नै देखाइरहेको छ ।’

यदि शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले मात्रै मतदान गरिदिएका भए पनि गुरूले आफ्नो राजनीतिलाई खुम्चाउनु पर्दैन थियो । झापाका थापाले ८४४ मत प्राप्त गर्दा मोरङका गुरूले भने ८४२ मत पाए । तीन जनाले मत खसालेका भए १ मतले भए पनि घिमिरे जित्थे । एक नेताले भने, ‘ठूला नेताले प्रदेशमा भोट हाल्दा इज्जत जाने डरका कारण आफैंले सभापतिबाट हात धोएर हिड्ने अवस्था आयो ।’

यति बेला कोइराला निवासमा राजनीतिको आगो बलिरहेको छ । घिमिरे होटल बसेर छुट्टै छलफल गरिरहेका छन् भने शेखरलाई कार्यकर्तालाई जवाफ दिन भ्याई नभ्याइ भएको छ । नेपाली कांग्रेस प्रदेश १ सभापति पदमा घिमिरेलाई उम्मेद्वार बनाउन डा। शेखर कोइरालासहितका नेताहरू जोडतोडले लागेका थिए । प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र घिमिरेले दाबी पेश गर्दा राजीवको पक्षमा सुजाता कोइराला र प्रदेश १ संसदीय दलका नेता केदार कार्की मात्रै उभिए ।

शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाललगायतका नेताहरु घिमिरेको पक्षमा उभिएका थिए । प्रदेशका अधिकांश शीर्ष नेता गुरुको पक्षमा उभिएपछि उनले उम्मेद्वारी पाएका थिए ।आफ्नै उम्मेद्वारलाई शीर्ष नेताले मतदान नगर्दा अन्ततः गुरू पराजित भएको भन्दै कार्यकर्ताले आफ्नै समूहका शेखरलाई विश्वास नगर्ने भन्न थालिसकेका छन् । – न्युज कारखाना

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ४५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त