१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सभापतिका दाबेदार शेखर कोइराला नै विधानबारे बेखबर



विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रमुख दाबेदार मानिएका डा। शेखर कोइराला नै आफ्नै पार्टीको विधानबारे बेखबर छन् ।

प्रदेश अधिवेशनमा भोट नहालेपछि आफ्नै पक्षका उमेदवार गुरुराज घिमिरेले हार ब्यहोरेका छन् । शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताले प्रदेश अधिवेशनमा मतदानमा सहभागी भएनन् ।

उनीहरुले मतदान नगरेपछि दुई मत अन्तरले घिमिरले हार ब्यहोरे । भोट नहालेको भन्दै सामाजिक संजालमा विरोध भएपछि शेखरले सामाजिक संजालमै ‘भविष्यमा जटिलता आउने’ भन्दै मतदान सहभागी नभएको बताएका छन् । घिमिरे प्रदेश सभापति पदमा उद्धव थापासँग दुई मतले पराजित बनेका छन् । उनले मतगणनामा असन्तोष जाहेर गरेर पुनः गणनाको माग पनि गरेका छन् ।

पार्टी उपसभापति पदमा दाबी गरिरहेका आचार्यले पनि मतदानमा भाग लिएनन् । नेतृ सुजाता कोइरालाले पनि मतदान गरिनन् । उनीहरुले केन्द्रीय सदस्यले मतदान गर्न पाउनेरनपाउने कुराबारे ‘अन्योल रहेको’ दाबी गर्दै मत नहाली काठमाडौ फर्केका थिए । शेखर र आचार्यलाई बौद्धिक नेताका रुपमा समेत चिनिन्छ । तर पढेकाहरुले नै विधानलाई भने पढेका छैनन् भन्ने पुष्टि भएको छ । कांग्रेस विधानको १३औं नम्बरको १ ुखु मा भनिएको छ, ‘सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य’ हुने उल्लेख छ ।

प्रस्ट उल्लेख हुँदाहुँदै पनि उनीहरुले मतदानमा सहभागी भएपछि केन्द्रको चुनावमा असर पर्ने संस्थापन इतर समूहकै नेताहरु बताउँछन् । ‘शेखर राजनीतिमा आउनु भएको धेरै भएकै छैन,’ संस्थापन समूहका एक नेताले भने, ‘उहाँ हिजो अस्तीसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरेका रुपमा हुनुहुन्थ्यो । कोइराला परिवारको भन्दैमा नेतृत्व जिम्मा लगाइने हाल्ने कुरा हुँदैन ।’ ती नेताले भने, ‘मतदानको कुराले पनि उनलाई राजनितिमा आलोकाँचो नै देखाइरहेको छ ।’

यदि शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले मात्रै मतदान गरिदिएका भए पनि गुरूले आफ्नो राजनीतिलाई खुम्चाउनु पर्दैन थियो । झापाका थापाले ८४४ मत प्राप्त गर्दा मोरङका गुरूले भने ८४२ मत पाए । तीन जनाले मत खसालेका भए १ मतले भए पनि घिमिरे जित्थे । एक नेताले भने, ‘ठूला नेताले प्रदेशमा भोट हाल्दा इज्जत जाने डरका कारण आफैंले सभापतिबाट हात धोएर हिड्ने अवस्था आयो ।’

यति बेला कोइराला निवासमा राजनीतिको आगो बलिरहेको छ । घिमिरे होटल बसेर छुट्टै छलफल गरिरहेका छन् भने शेखरलाई कार्यकर्तालाई जवाफ दिन भ्याई नभ्याइ भएको छ । नेपाली कांग्रेस प्रदेश १ सभापति पदमा घिमिरेलाई उम्मेद्वार बनाउन डा। शेखर कोइरालासहितका नेताहरू जोडतोडले लागेका थिए । प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र घिमिरेले दाबी पेश गर्दा राजीवको पक्षमा सुजाता कोइराला र प्रदेश १ संसदीय दलका नेता केदार कार्की मात्रै उभिए ।

शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाललगायतका नेताहरु घिमिरेको पक्षमा उभिएका थिए । प्रदेशका अधिकांश शीर्ष नेता गुरुको पक्षमा उभिएपछि उनले उम्मेद्वारी पाएका थिए ।आफ्नै उम्मेद्वारलाई शीर्ष नेताले मतदान नगर्दा अन्ततः गुरू पराजित भएको भन्दै कार्यकर्ताले आफ्नै समूहका शेखरलाई विश्वास नगर्ने भन्न थालिसकेका छन् । – न्युज कारखाना

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम