९ भदौ २०८३, मंगलबार | August 26, 2026

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ ।

कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा र बासको व्यवस्था मिलाएको छ । काठमाडौं आउन जान भने आफैंले खर्च बेहोर्नुपर्नेछ ।

कांग्रेसमा वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन सकिएको छ । प्रदेश २ अधिवेशन भने महाधिवेशनलगत्तै गर्ने गरी स्थगित गरिएको छ । महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी हुँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम ह्वात्तै बढेको छ । अधिकांशले आफ्नै जिल्लाबाट र केहीले काठमाडौैमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । खासगरी उमेरहदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको हो । सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा।शेखर कोइराला, कल्याणकुमार गुरुङ छन् ।

देउवाले सोमबार फेरि एकपटक सभापतिमा उठ्ने घोषणा गरेका छन् । पौडेलले आकांक्षा देखाए पनि प्रकाशमान र शेखरका कारण उनको उठ्ने नउठ्ने निश्चित भइसकेको छैन । निधिले त सभापतिमा उठ्ने भनेर सम्पर्क कार्यालय नै खोलेका छन् । सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेका छन् । गुरुङले पत्रकार सम्मेलन गरेरै सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

उपसभापतिमा अहिलेसम्म चन्द्र भण्डारीले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । तर, घोषणा गरेका छैनन् । डा।प्रकाशमान सिंहले महामन्त्रीमा दाबी गरे पनि उठ्ने नउठ्ने निश्चित छैन ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् । केही दिनअघि नै पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पाँचथरका नेता भीष्मराज आङ्देम्बेले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । यस्तै, केन्द्रीय सदस्य जीवन परियारले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

केन्द्रमा कस्तो समीकरण बन्छ, त्यहीअनुसार पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर कुर्नेको संख्या पनि त्यत्तिकै छ । सबैभन्दा धेरै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा भएको छ । उदयशमशेर राणा, जितजंग बस्नेत, मदन अमात्य, अजय शिवकोटी, रामपल्टन साह, नवराज गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : ०१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त