१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रियसभा चुनाव : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनाव प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने छ ।

१७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

१८-१९ पुसमा निवेदन तथा उजुरीमाथि छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

२१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२-२३ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छन् ।

त्यसपछि तोकिएका मतदान केन्द्रमा १२ माघको बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम आयोगले तय गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम