६ श्रावण २०८३, बुधबार | July 22, 2026

उपत्यकाबाट मोटरसाईकल चोर्ने गिरोहका ७ जना पक्राउ



काठमाडौँ । काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा बिशेष अपरेसन संचालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्नेसमूहका ७ जनालाई पक्राउ गरेको हो ।

टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनीलाई गत बर्षको माघमा बानेश्वरबाट हराएको प्र३-०२-०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि चलाईरहेको अबस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका थियो भने थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा ६ घर भई हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई पनि मोटरसाईकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यहि मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा-प्र-०२-०२२ प ६५१८ नम्बरलाई परिबर्तन गरि बा-प्र-०२-०२५ प १३९१ प्रयोग गरेको अबस्थामा यामाहा मोटरसाईकल सहित बुढा पक्राउ परेका हुन ।

त्यसैगरि प्रहरीले किर्तिपुर एरियाबाट काठमाण्डौका वर्ष २२ को सन्तोष महर्जन सहित रौतहट गुजरा २ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा ३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रवि कुमार कुशवाहा,उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमल बहादुर बस्नेत र बारा गढिमाई घर भई किर्तिपुर बस्ने वर्ष २२ को रन्जित प्रसाद गुप्तालाई पनि साही अभियोगमा पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाईकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाईकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए ।

त्यसैगरि किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाईकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखीएको भट्टराईले बताए ।

गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाईकल वर्कसपका संचालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाईकलहरु किनवेच गर्नेमुख्य भुमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाको आरोप छ ।

बरामद गरेका ७ थान मोटरसाइकल मध्य एउटा यामाहाको च्ज्ञछ र अन्य ६ ओटा २२० सिसिको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरि ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यहि असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाईकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।

पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाईएको महाशाखा प्रमुख एसएसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ५४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना