७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा विद्युतीय रिक्सा अव्यवस्थित बन्दै, नियमन फितलाे



बुटवल । बुटवलमा सञ्चालित विद्युतीय रिक्साको नियमन प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नियमन नहुँदा विद्युतीय रिक्सा अव्यवस्थित रूपमा सञ्चालित रहेको र यसबाट प्राप्त हुने राजश्वसमेत गुमेको छ ।

नियमनकारी निकायले सन्तोषजनक काम नगरेका कारण बुटवलमा विद्युतीय रिक्सा आवश्यकता भन्दा बढी भएको, निर्धारित रुट कार्यान्वयन नभएको र राजश्वसमेत गुमेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कार्यालयका अध्यक्ष कृष्णप्रसाद कंडेलले बताए ।

बुटवल उपमहानगरपालिकाभित्र सञ्चालन भइरहेका विद्युतीय रिक्साहरूको सञ्चालन, व्यवस्थापन र नियमनका लागि बुटवल उपमहानगरपालिकाको आयोजनामा कात्तिक १२ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाहरूको सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेको थियो । तर ती निर्णयको कार्यान्वयनका लागि हालसम्म पनि सन्तोषजनक काम हुन नसकेको कंडेलले बताए ।

संगठनले बुटवल उपमहानगरपालिकामा भएको सर्वपक्षीय बैठकको निर्णय यथाशीघ्र कार्यान्वयन गराइदिन माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सवारी तथा यातायात सेवा सञ्चालन गर्न नहुने र सो को परिच्छेद–६ को दफा ७५ अनुसार बाटो इजाजतपत्र दिन इन्कार गर्न सकिने जस्ता अधिकार दिँदा समेत अनुगमन तथा नियमनकारी निकायले सन्तोषजनक काम नगरेको उल्लेख छ ।

सङ्गठनका अध्यक्ष कंडेलले ई–रिक्साको व्यवस्थापनको सन्दर्भमा बुटवल उपमहानगरपालिकामा आबद्ध भएकालाई कात्तिक १२ गतेको निर्णय कार्यान्वयन गर्नुपर्ने र इ–रिक्साको व्यवस्थापनमा जानुपर्ने बताए । ुकसैले कर तिरेका छन्, कसैले तिरेका छैनन्, कसैको ब्लुबुक छैन, लाइसेन्स छैन, पटक पटक आन्दोलन गर्‍यौं, बैठक पनि बस्यो, बैठकको निर्णय कार्यान्वयनमा समस्या देखिएका छन्,ु उनले भने । राज्यको नीति अनुसार विद्युतीय रिक्सासँग रोड परमिट, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०, बिमा हुनुपर्ने उनले बताए ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मरासिनीले व्यवस्थित नभएको कुरा आइरहेको भन्ने सम्बन्धमा स्थानीय तहसँग समन्वय गरिने आश्वासन दिए ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई