१ पुस २०८२, मंगलबार | December 16, 2025

रियल मड्रिड विजेता बन्दा इन्टर उपविजेता



काठमाडौं । रियल मड्रिड समूह विजेता र इन्टर मिलन उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउँन टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । खेलको ६४ मिनेटमा निकोलो बरेलाले रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो ।

यसै समूहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । जितसँगै रियलले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो ।

७ अंक बनाएको सेरिफ र २ अंक बनाएको साख्तर डोनेस्क दुबै समूह चरणबाटै बाहिरिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : १६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा