१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कांग्रेस महाधिवेशन : देउवा पक्षको भेला बुढानिलकण्ठमा, पौडेल पक्ष अनुपम फुडल्यान्डमा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् ।

बुधबार दुवै समूह बैठकमा जुटेका छन् । संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बस्दैछ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ ।

केहीबेर अघि सुरु बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा।रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् । सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी थिए । तर, चार आकांक्षीमध्ये कोही पनि बैठकमा नबस्ने भनेपछि पौडेल पनि बाहिरिएका छन्। बैठकले छलफल गरेर आकांक्षीहरूलाई सुझाव दिनेछन् ।

मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पाँच घन्टासम्म बसेको बैठकले बुधबारसम्म सभापतिके साझा उम्मेदवार तय गर्ने भन्दै टुंगिएको थियो । बैठकमा सभापतिमध्येका एक आकांक्षी डा।शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा।शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।

उता, संस्थापन पक्षको बैठकमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानिलकण्ठ प्रस्थान गरेका छन् । उनी १० बजे बालुवाटारबाट बुढानिलकण्ठका लागि प्रस्थान गरेका हुन् । देउवाले आज आफ्नो पक्षको पदाधिकारीको टुंगो लगाउने भएका छन् । देउवा पक्षमा पनि पदाधिकारी टुंग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा तनावमा छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ३३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम