३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

प्रकाशमानको आँगनमा रामचन्द्रको निराशा !



काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा केन्द्रित भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र इतरपक्ष यतिबेला आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व लिने दाउमा लागिरहेका छन् ।

महाधिवेशन सुरु हुन ४८ घण्टा भन्दा कम समय बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापतिसहित पदाधिकारी चयनको टुंगोमा पुग्न सकेका छैनन् ।

सभापतिका लागि संस्थापन पक्षमा देउवाको विकल्पमा कसैले दाबेदारी प्रस्तुत नगर्दा इतर पक्षमा भने साझा उम्मेदवार छान्न सकस परेको छ ।

गत महाधिवेशनमा देउवासँगै पराजित रामचन्द्र पौडेल पुनस् सभापतिमा उम्मेदवारी दिन चाहिरहेका छन्। तर, यसपटक देउवालाई पाखा लगाउन भन्दा उनलाई आफू पक्षधर नेताहरुलाई मनाएर सभापतिको उम्मेदवारी उम्काउनै समस्या परेको छ ।

मंगलबार दिनभरको प्रयास असफल भएपछि बुधबार साझा उम्मेदवार चयन गर्ने पौडेल पक्षको तयारी थियो । तर आज पनि सहमति जुट्न नसक्दा भोलिको लागि भाका सरेको छ ।

अन्तिम प्रयासमा पौडेलको दौडधुप

पौडेल अन्तिम पटक सभापतिको उम्मेदवार हुँदै महाधिवेशनबाट पार्टी नेतृत्व गर्न चाहिरहेका छन् । अबको पाँच वर्षपछि उम्मेदवार सम्भावना न्यून भएकाले पौडेलले यसपटक आफूलाई छाड्न बैठकमा नेताहरुलाई आग्रह गरिरहेका छन् । त्यसका लागि बुधबार विहान उनले आफू पक्षधर नेताहरुको भेलासमेत राखे ।

भेलाबाट उनी चण्डोलस्थित नेता कृष्णप्रसाद सिटौला निवास पुगे र आफूलाई सहयोग गर्न आग्रह गरे । सिटौलाबाट सकारात्मक जवाफ नपाएका उनले त्यसपछि शेखर र शशांकसँग छलफल गरे । शेखर, शशांक र प्रकाशमानबाट साझा उम्मेदवार भए आफू त्याग गर्न तयार रहेको बताएका उनले सकेसम्म आफूलाई सहयोग गर्न दुई कोइरालालाई मनाउन प्रयास गरे । शशांकले हिजै पौडेलका लागि आफूले सभापतिको आकांक्षा त्यागेको बताएका थिए भने शेखरलाई पनि पौडेलले मनाउने प्रयास गरेका थिए ।

प्रकाशमानले पनि छाड्ने हुँदा आफू पछि हट्न तयार रहेको शेखरको संकेत पाएपछि उत्साही बनेका पौडेल चाक्सीबारी बैठकमा सहमति जुट्न नसक्दा निराश बने । बुधबार साँझ बैठकबाट उनी निराश मुद्रामा बाहिरिएका थिए । बैठकमा उनले सभापतिमा लड्न नदिए र कसैले सहयोग नगरे राजनीतिबाट विदा हुने र पार्टी छाड्ने ‘धम्की’ समेत दिए ।

प्रकाशमानको अडान

रामचन्द्रको पक्षमा दुई कोइराला सकारात्मक देखिएका भएपनि नेता प्रकाशमान सिंहले भने सभापतिमा आफ्नो दाबेदारीको अडान छाडेनन् ।

१३ औं महाधिवेशनमा पनि आफूले त्याग गरेको भन्दै प्रकाशमानले कुनै पनि हालतमा यसपटक सभापतिको उम्मेदवारीबाट व्याक नहुने अडान लिएको स्रोतको भनाइ छ। काठमाडौं बाहिर कमजोर जनाधार रहेको टिप्पणी हुने गरेका प्रकाशमानले अडान नछाड्दा उनकै निवासको आँगनबाट बुधबार पौडेल निराश भएर बाहिरिए ।

अब भोलि बिहान आकांक्षीलाई नराखि बस्ने भनिएको बैठकबाट सर्वमान्य निर्णय आउने र त्यसलाई आकांक्षीहरुले मान्ने कुनै ठोस आधार देखिएको छैन ।

इतर पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न नसक्दा संस्थापन पक्षले पनि पदाधिकारी चयन लगायतमा कुनै हतारो गरेको छैन ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ३७ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ