१० भदौ २०८३, बुधबार | August 26, 2026

देउवाले भने – सकभर सहमतिमै नेतृत्व टुंगो लगाउँछौं



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए। त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।

उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गरेका छन् । उनले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै उनले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताए।

सहमहामन्त्री महतले बिपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई पुस्तकको रुप दिएको जानकारी दिए।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ११ : ५१ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’