२७ मंसिर २०८२, शनिबार | December 13, 2025

भोकमरीको चेपेटामा परेको इथोपियामा वितरण गरिएको खानेकुरा विद्रोहीद्वारा लुटपाट



न्युयोर्क । इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरुले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले वितरण कार्य रोक्का गरेको छ ।

सशस्त्र विद्रोही टिग्रयान फौजका कार्यकर्ताले लुटपाट गरेपछि डब्लूएफपीले वितरण कार्यक्रम रोकेको हो । समूहका कार्यकताहरुले कोम्बोल्चा सहरमा बन्दूक तेर्साएर डब्लूएफपीका कर्मचारीलाई नियन्त्रणमा लिएकोसमेत राष्ट्रसंघले जनाएको छ ।

नियन्त्रणमा लिएपछि लुटेराहरुले अत्यावसेकीय खाद्य सामाग्री चोरिदिएका थिए । सशस्त्र टिग्रयान फौज र सरकारी सेनाबीचको द्वन्द्वका कारण उत्तरी इथोपिया लामो समयदेखि भोकमरीको चपेटामा परेको छ । एक वर्ष लामो गृहयुद्धका कारण त्यहाँका ९० लाख मानिस खाद्यन्न अभावबाट बन्चित छन् ।

खाद्यन्न लुटेपछि कर्मचारीलाई दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । ‘कर्मचारीमाथिको दुव्र्यवहार असह्य छ । लुटपाटले अत्यावसेकीय क्षेत्रमा खाद्यन्न वितरण गर्ने राष्ट्रसंघको अभियानलाई नजरअन्दाज गरेको छ ,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १ : ५१ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु