७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजदेखी बुटवलमा उपमेयर कप अन्तरपालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु : बेनी, तिलोत्तमा, बुटवल र बिरेन्द्रनगर विजयी



बुटवल । बुटवल । आजदेखी बुटवलमा उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता-२०७८ सुरु भएको हो ।

‘घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ बुटवल देवीनगर स्थित नविन औद्योगिक कदर बहादुर रिता माविको प्रांगणमा संचालन भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यल खेलको विकाससंगै युवा वर्गको विकास हुने बताईन ।

नगर खेलकुद परिषदको स्थापना गरि बुटवलमा पुर्वाधार विकाससंगै विभिन्न खेलका प्रतियोगिता संचालनमा जोड दिएको उनले बताईन । मानव जिवनलाई स्वस्थ राख्नमात्र नभई युवा खेलाडी उत्पादनमा जोड दिने रुपमा खेदकुद आवश्यक रहेको उनले बताईन । एक वार्ड एक खेलमैदानको अवधारणा अघि बढाएर पुर्वाधारमा जोड दिएको उनले बताईन ।

बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा बेनी, तिलोत्तमा, बुटवल र बिरेन्द्रनगरले विजयी शुरुवात गरेको छ । देविनगरस्थित कद्यर बहादुर रीता रायमाझी आद्योगिक माविको खेल मैदानमा भएको प्रतियोगितामा बेनी नगरपालिका म्याग्दी, भिमदत्त नगरपालिका कंचनपुर, कैलारी गाउपालिका कैलाली, तिलोत्तमा नगरपालिका तिलोत्तमा, कोहलपुर नगरपालिका कोहलपुर, बाणगंगा नगरपालिका कपिलवस्तु, बिरेन्द्र नगरपालिका सुर्खेत, टिकापुर नगरपालिका कैलाली, सैनामैना नगरपालिका सैनामैना, गोदावरी नगरपालिका कैलाली र आयोजक बुटवल उपमहाननगर गरी १० टिम सहभागी भएका छन ।

आजको पहिलो खेलमा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कंन्चनपुरमाथि २-० को सोझो सेटमा पराजित गरेको हो । यसैगरि दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५-३, २५-७ अंकको सेटमा पराजित गर्दै स्पष्ट जित निकालेको छ ।
अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदाबरी नगरपालिकालाई २५-१८, २५-४ को सोझो सेटमा पराजित गरेको छ । यसैगरि विरेन्द्रनगर नगरपालिका, सुर्खेतले टिकापुर नगरपालिकामाथि २-१ को जित निकालेको छ । पहिलो सेटमा टिकापुरले २५-२३ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो सेटमा खेलमा फर्कदै बिरेन्द्रनगर १३-२५, ११-१५ को अंकले जित निकाल्न सफल भयो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएको उनले बताए । प्रतियोगिता ३ दिनसम्म चल्ने उनले बताए ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको अध्यक्ष नन्दु काउचाले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए । कार्यक्रममा मदनभण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्य, जिल्ला सल्लाहकार पुरन गुरुङ, जिल्ला खेलकुद परिषदका अध्यक्ष मनोज गौचन, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, प्रदेश सदस्य कृष्ण कुमाल, राप्रपा नेपालका निरजप्रताप खाड, नेपाली काग्रेस पार्टीका नगर उपसभापति ज्योति भण्डारी, नगर खेलकुद विकास परिषदका सदस्य सचिव कोपिला ज्ञवाली, सदस्य प्रेम बहादुर बस्नेतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन नगर खेलकुद विकाश समितिका सदस्य नबिन सारुमगरले गरेका थिए ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : १८ बजे

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने