२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलबाट गैँडाको खाग सहित ३ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवल उपमहानगरबाट गैँडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगर ५ स्थित हरियाली होटलबाट खाग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट ७ सुर्यथुमका नर बहादुर सुनार र पदम सुनार तथा छत्रकोट ५ रानीचापका सुमन न्यौपाने रहेका छन् । उनीहरुबाट प्रतिबन्धित गैँडाको खाग बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले होटलमा छापा मार्दा होटलको कोठा नम्बर ११८ बाट खाग सहित ३ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई खाग सहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ५७ बजे

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा