२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै



काठमाडौं । अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ । २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन ।

दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ । सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञातरअज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसिसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ । सरकारको तयारीका कारण संसद्ले यसबारे कार्यसूची तयारी अवस्थामा राखेको छ ।

स्रोतका अनुसार सरकारले एमसिसीलाई संसद्मा प्रस्तुत गरेपछि कसरी अघि बढाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने देखिएको स्रोतले बतायो । ‘सो दिन एमसिसी संसद्मा प्रस्तुत हुनेछ, त्यही बमोजिम कार्यसूची बनाउन लगाइएकोे छ,’ स्रोतले भन्यो ।

सरकारका एकजना मन्त्रीका अनुसार संसद्को अधिवेशन मुख्यगरी एमसिसी पारित गर्ने उद्देश्यले बोलाएकाले संसद्मा पहिलो दिनै छुट्टाछुट्टै बैठक बसेर भए पनि एमसिसी पारित गर्ने तयारी भएको दाबी गरेका छन् । तर स्रोतका अनुसार एमसिसी तत्कालै पारित नभए पनि प्रस्तुत भने अवश्य गरिने छ ।

एमसिसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणपछि पनि सत्तारूढ गठबन्धनले यसबारे निर्णय गर्न भने सकेको भने छैन । अमेरिकी सहायक विदेश मन्त्री डोलाल्ड लुले मंसिर २८ गतेभित्र एमसिसी पारित नगरे फिर्ता लैजाने जानकारी प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दललाई गराइसकेका छन् ।

जसबाट सत्तारूढ दललाई यसको दबाब परिरहेको छ । यसबाट पनि संसद् अधिवेशनमा एमसिसीको प्रक्रिया अघि बढ्ने अवस्था देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी जसरी पनि अघि बढाउने तयारीमा रहेका छन् । -नागरिक दैनिक

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार