११ कार्तिक २०८३, बुधबार | October 28, 2026

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै



काठमाडौं । अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ । २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन ।

दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ । सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञातरअज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसिसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ । सरकारको तयारीका कारण संसद्ले यसबारे कार्यसूची तयारी अवस्थामा राखेको छ ।

स्रोतका अनुसार सरकारले एमसिसीलाई संसद्मा प्रस्तुत गरेपछि कसरी अघि बढाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने देखिएको स्रोतले बतायो । ‘सो दिन एमसिसी संसद्मा प्रस्तुत हुनेछ, त्यही बमोजिम कार्यसूची बनाउन लगाइएकोे छ,’ स्रोतले भन्यो ।

सरकारका एकजना मन्त्रीका अनुसार संसद्को अधिवेशन मुख्यगरी एमसिसी पारित गर्ने उद्देश्यले बोलाएकाले संसद्मा पहिलो दिनै छुट्टाछुट्टै बैठक बसेर भए पनि एमसिसी पारित गर्ने तयारी भएको दाबी गरेका छन् । तर स्रोतका अनुसार एमसिसी तत्कालै पारित नभए पनि प्रस्तुत भने अवश्य गरिने छ ।

एमसिसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणपछि पनि सत्तारूढ गठबन्धनले यसबारे निर्णय गर्न भने सकेको भने छैन । अमेरिकी सहायक विदेश मन्त्री डोलाल्ड लुले मंसिर २८ गतेभित्र एमसिसी पारित नगरे फिर्ता लैजाने जानकारी प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दललाई गराइसकेका छन् ।

जसबाट सत्तारूढ दललाई यसको दबाब परिरहेको छ । यसबाट पनि संसद् अधिवेशनमा एमसिसीको प्रक्रिया अघि बढ्ने अवस्था देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी जसरी पनि अघि बढाउने तयारीमा रहेका छन् । -नागरिक दैनिक

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री