११ बैशाख २०८१, मंगलबार | April 23, 2024

काँग्रेस १४ औं महाधिवेशन : सम्पूर्ण तयारी पूरा, यस्तो छ कार्यसूचि



काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आज मध्यान्ह १ बजे महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उदघाटन गर्ने छन् । काठमाडौंको प्रदर्शनिमार्ग स्थित भृकुटीमण्डपमा सञ्चालन हुने उदघाटन सत्र र बन्दसत्रको सम्पूर्ण तयारी पूरा भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उदघाटनसत्रका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार भइसकेको छ भने मञ्चकै नजिक ६० बढी क्यामेरा र १०० बढी पत्रकारहरु बस्न मिल्ने गरि अर्को मञ्च तयार गरिएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ। महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ।

कोभिड–१९ महामारीका कारण भन्दै काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको काँग्रेसले जनाएको छ । पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्न समारोहमा सहभागी रहने छन् ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुको उपस्थिती रहने तय भएको छ भने विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधि महाधिवेशनमा सहभागी हुन बिहिबार राती काठमाडौं पुगिसकेका छन् । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू शिहिबार काठमाडौं पुगेका थिए ।

उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको छ । उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ–आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गरेर उदघाटन सत्र सक्ने गरि कार्यक्रम बनाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन्। महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धारा लगायतका स्थानहरुमा होटलको व्यवस्था गरिएको छ। महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन समितिका संयोजक अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने संयोजक घिमिरेले बताए ।

निर्वाचन समितिका अनुसार सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ। सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ। मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : २५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना