१८ माघ २०८२, आइतबार | February 1, 2026

फ्रान्स बेइिजङ ओलम्पिकमा सहभागी हुन्छ : राष्ट्रपति इम्यानुअल म्याक्रोन



पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले फ्रान्सले सन् २०२२ मा हुने हिउँदै ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपर्युक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ ।

चीनमा मानवअधिकार उल्लंघनका घटनाम तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस्लिम समुदाय उहिगुर र अन्य अल्पसंख्यकमाथि दमन गरेको ती देशहरुले आरोप लगाउँदै आएका छन् ।

त्यस्तै, हङकङमा भएको राजनीतिक आन्दोलनमा भइरहेको दमन र चीनकी टेनिस खेलाडी पेङ सुआईमाथि भएको यौन दुर्व्यवहारका विषयलाई पनि ती राष्ट्रले चीनसँग अ‍ौ‌ला ठडाएका छन् ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बेइजिङ ओलम्पिकमा अ‌ाफू सहभागी हुने जनाएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : १७ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३